- भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरको एक होटलमा भीषण आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।
काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरको एक होटलमा भीषण आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।
दिल्ली प्रहरीले घटनाको पुष्टि गर्दै मालवीय नगरस्थित भोजनालयसहितको उक्त होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या २१ पुगेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा मृतकमध्ये अधिकांश विदेशी नागरिक रहेको खुलेको छ । उनीहरू उपचारका लागि साकेतस्थित म्याक्स अस्पताल आएका हुनसक्ने अनुमान गरिएको छ ।
घटनापछि होटल सञ्चालनमा गम्भीर अनियमितता रहेको तथ्य पनि सार्वजनिक भएको छ। दिल्ली सरकारको ‘बेड एन्ड ब्रेकफास्ट’ योजनाअन्तर्गत होटललाई केवल ६ वटा कोठा सञ्चालनको अनुमति दिइएको थियो ।
तर होटलमा अवैध रूपमा २५ वटा कोठा निर्माण गरिएको पाइएको छ, जसमध्ये केही भुइँतलामुनि पनि रहेका थिए। यसले सुरक्षा मापदण्डको पालना नभएको विषयमा गम्भीर प्रश्न उठाएको छ ।
साकेतस्थित म्याक्स अस्पताल नजिकको क्षेत्र भएकाले त्यहाँ उपचारका लागि आउने विदेशी नागरिकहरू बस्न धेरै होटल तथा भोजनालय सञ्चालनमा छन् । राष्ट्रमण्डल खेलकुदका बेला उक्त योजनाअन्तर्गत यस क्षेत्रमा १५ वटा होटललाई अनुमति दिइएको थियो ।
आगलागी भएको होटलमा पनि उपचारका लागि आएका धेरै विदेशी नागरिक बसिरहेको बताइएको छ । त्यसैले मृतकमध्ये अधिकांश विदेशी नागरिक हुन सक्ने आशंका गरिएको छ ।
आगलागी नियन्त्रणका लागि सुरुमा सात वटा दमकल परिचालन गरिएको र पछि थप टोली खटाइएको थियो । उद्धारकर्मीहरूले ३७ जनालाई सकुशल बाहिर निकालेका थिए भने भवनको सम्पूर्ण भागमा खोजी कार्य सञ्चालन गरिएको थियो ।
घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ । साथै, लापरवाही वा नियम उल्लंघनमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’